दक्षिणी स्पेनमा ठूलो बाढी, जनजीवन प्रभावित
मकालु खबर
२०८१ मंसिर २ गते
काठमाडौं । दक्षिणी स्पेनमा ठूलो बाढी आएको छ । मलागा शहरमा सबैभन्दा ठूलो बाढी आएको थियो । जसकारण धेरै क्षेत्रहरू डुबानमा परेका थिए ।
बाढीका कारण एयरपोर्टमा उडानहरू रद्द समेत भएको थियो । भारी वर्षाले सेभिल प्रान्तका केही भागहरूमा पनि ठूलो बाढी निम्त्याएको छ । जसकारण आम नागरिकको जनजीवन प्रभावित भएको छ ।
कोस्टा डेल सोल क्षेत्रका हजारौं बासिन्दाहरूलाई उनीहरूको घरबाट विस्थापित गरिएको छ भने कुनैपनि मृत्युको रिपोर्ट गरिएको छैन ।
मकालु खबर
२०८१ मंसिर २ गते
प्रतिक्रिया
सम्बन्धित