नेपाल परिवार दलले एमालेका उम्मेदवारलाई सघाउने
मकालु खबर
२०८१ मंसिर २ गते
काठमाडौ । नेपाल परिवार दलले यहि मङ्सिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि नेकपा एमालेका सक्षम उम्मेदवारहरुलाई समर्थन गर्ने भएको छ ।
दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो जानकारी दिएका हुन् ।
ढकालले सुर्य चिन्हमा मतदान गरि नेकपा एमालेका उम्मेदवारहरुलाई अत्यधिक मतले बिजयी गराऊन नेपाल परिवार दलले आफ्ना सदस्य, सुभेच्छुक तथा आम मतदातामा हार्दिक आवहान समेत गरेका छन् ।
मकालु खबर
२०८१ मंसिर २ गते
प्रतिक्रिया
सम्बन्धित