कीर्तिपुरको मेयरमा बाबुरामको पार्टीबाट महर्जनले गराए उमेदवारी दर्ता
मकालु खबर
२०८१ मंसिर २ गते
काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पदका निम्ति नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का तर्फबाट दिलकुमार महर्जनले उमेदवारी दर्ता गराएका छन् । कीर्तिपुरस्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगेर महर्जनले उम्मेदवारी दर्ता गराएका हुन् ।
बाबुराम भट्टराई अध्यक्ष रहेको उक्त पार्टीका तर्फबाट आइतबार मनोनयनपत्र दर्ता गराइएको हो । आसन्न उपनिर्वाचनका निम्ति आज बिहान १० देखि अपराह्न ५ बजेसम्म उमेदवारको मनोनयनपत्र दर्ता गरिँदै छ ।
स्थानीय तहका रिक्त ४२ पदका निम्ति यही मंसिर १६ गते मतदान हुँदै छ ।
मकालु खबर
२०८१ मंसिर २ गते
प्रतिक्रिया
सम्बन्धित