कर्णाली याक्सको टोलीले गर्यो बुलबुल तालको अवलोकन
मकालु खबर
२०८१ मंसिर २ गते
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को कर्णाली याक्स टिमले आज सुर्खेतको बुलबुल तालमा अवलोकन भ्रमण गरेको छ ।
एनपिएल सुरु हुनुभन्दा केही दिन अघि मात्रै प्रचारप्रसारका क्रममा सुर्खेत आइपुगेको टोलीले आज बुलबुल तालमा मोटरबोटमा मनोरञ्जन लिएको हो ।
प्रशिक्षक तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र कप्तान सोमपाल कामीको नेतृत्वको टोलीले बुलबुल तालमा बिताएको मोटरबोट सञ्चालक कम्पनी सञ्चालक विष्णु ढकालले जानकारी दिए ।
टोलीका कप्तान कामीले आफूलाई मोटरबोट निकै रमाइलो लागेको बताए ।
मकालु खबर
२०८१ मंसिर २ गते
प्रतिक्रिया