कीर्तिपुरको मेयरमा राप्रपाबाट ई. ध्रुव महर्जनको उम्मेदवारी दर्ता*
मकालु खबर
२०८१ मंसिर २ गते
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कीर्तिपुर नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएको छ ।
राप्रपाबाट मेयरमा ई. ध्रुव महर्जनले उम्मेदवारी दर्ता गराएका हुन् ।
यस्तै कीर्तिपुरको वडा नम्बर १ को वडाध्यक्षमा सुरेन्द्र प्रसाद उप्रेती र वडा नम्बर ४ को वडाध्यक्षमा बिजेस बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् ।
उनीहरूको उम्मेदवारी दर्ताका क्रममा स्थानीय नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।
यसअघि समाचारमा राप्रपा हुनुपर्नेमा अन्यथा भएकाले सच्चाएका छौँ– सम्पादक
मकालु खबर
२०८१ मंसिर २ गते
प्रतिक्रिया
सम्बन्धित