कीर्तिपुरको मेयरमा रास्वपाले दिएन उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले कीर्तिपुर नगरपालिकाको मेयरका लागि उम्मेदवारी दर्ता नगर्ने निर्णय गरेको छ ।

उपनिर्वाचनका लागि तयारी गरिएको र उम्मेदवार पनि छानिएको अवस्थामा रास्वपाले उम्मेदवारी दर्ता नगर्ने निर्णय गरेको हो ।

रास्वपाका काठमाडौं सभापति प्रदीप विष्टले स्वतन्त्र उम्मेदवारलाई सघाउने भएकाले उम्मेदवारी दर्ता नगरेको बताए । उनले कुन उम्मेदवारलाई सघाउने भन्नेबारे केही खुलाएनन् ।

कीर्तिपुरमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल लगायतका राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराइ सकेका छन् ।

अन्य उम्मेदवारहरुले पनि उम्मेदवारी दर्ता गराउने क्रम जारी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *