डा. बैकुण्ठ अर्यालले दिए राजीनामा

काठमाडौं । नेपाल सरकारका पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्यालले राष्ट्रिय योजना आयोगको जिम्मेवारीबाट राजीनामा दिएका छन् । आयोगमा मुख्य सचिवसरहको पदमा हालै सरुवा भएका अर्यालले सोमबार राजीनामा बुझाएका हुन् ।

आइतबारमात्र राष्ट्रिय योजना आयोगमा हाजिर भएका अर्यालले केहीबेर कर्मचारीहरूसँग भेटघाट गरेर निस्किएका थिए । उनले आयोगमै राजीनामा पत्र बुझाएपछि सनाखत गराउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दर्ता गरिएको बताइएको छ। यद्यपि, राजीनामा स्वीकृत हुन बाँकी रहेको प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीले पुष्टि गरेका छन् ।

डा. अर्याल यसअघि मुख्यसचिव पदमा कार्यरत रहँदा अन्तःशुल्क स्टिकर छपाइसम्बन्धी भ्रष्टाचार प्रकरणमा संलग्न भएको आरोप लागेपछि निलम्बनमा परेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३८ करोड रुपैयाँ घोटालामा संलग्न भएको भन्दै मुद्दा दायर गरेपछि उनीसहित ११ अभियुक्तमाथि कानुनी प्रक्रिया सुरु भएको थियो ।

भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि उनको निलम्बन फुकुवा भएको थियो । कात्तिक १४ मा विशेष अदालतले उनलाई दोषमुक्त ठहर गरेपछि उनले पुनः सेवा प्रवेश गर्न प्रयास गरे । तर, मुख्यसचिवको पदमा एकनारायण अर्याललाई बढुवा गरिसकिएकोले डा. अर्यालले योजना आयोगमा कार्यभार सम्हाल्नुपर्ने अवस्था आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *