दुर्गा प्रसाईँ पक्राउ
मकालु खबर
२०८१ मंसिर ४ गते
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ फेरी पक्राउ परेका छन् ।
सीआईबीको टोलीले उनलाई भक्तपुरस्थित प्रसाईँको आफ्नै घरबाट नियन्त्रणमा लिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक सामग्री सार्वजनिक गरेका प्रसाईँलाई सीआईबीले पक्राउ गरेको हो ।
प्रसाईंले प्रधानमन्त्री ओलीको कम्बोडियाको टेलिकममा साढे ३२ अर्ब लगानी गरेको भन्दै भिडिओ सार्वजनिक गरेका थिए । उक्त प्रकरणमा उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
प्रधानमन्त्रीसहित बिभिन्न नेताहरुमाथि भ्रम छर्दै आएका प्रसाईँ पटक पटक पक्राउ पर्दै आएका छन् ।
उनलाई गत असोज ६ गते पनि साइबर अपराध कसुरमा पक्राउ गरिएको थियो ।
मकालु खबर
२०८१ मंसिर ४ गते
प्रतिक्रिया
सम्बन्धित