दुर्गा प्रसाईँलाई चेकजाँचका लागि अस्पताल लगियो

काठमाडौं । पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई वीर अस्पताल लगिएको छ ।

भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ परेका प्रसाईँलाई सीआईबीको टोलीले वीर अस्पताल लगेको हो ।

सीआईबीको कार्यालय लगिएर उनलाई चेकजाँचका लागि अस्पताल लगिएको जनाइएको छ ।

प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक सामग्री सार्वजनिक गरेका थिए ।

प्रसाईंले प्रधानमन्त्री ओलीको कम्बोडियाको टेलिकममा साढे ३२ अर्ब लगानी गरेको भन्दै भिडिओ सार्वजनिक गरेका थिए । उक्त प्रकरणमा उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

प्रधानमन्त्रीसहित बिभिन्न नेताहरुमाथि भ्रम छर्दै आएका प्रसाईँ पटक पटक पक्राउ पर्दै आएका छन् ।

उनलाई गत असोज ६ गते पनि साइबर अपराध कसुरमा पक्राउ गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *