दुर्गा प्रसाईँलाई साइबर ब्यूरो भोटाहिटी पठाइयो
मकालु खबर
२०८१ मंसिर ४ गते
काठमाडौं । पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई साइबर ब्यूरो भोटाहिटी पठाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका प्रसाईँलाई अनुसन्धानका लागि भोटाहिटी पठाइएको हो ।
प्रसाईँ मङ्गलवार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका थिए ।
उनलाई थप अनुसन्धानका लागि साइबर ब्यूरो भोटाहिटी पठाइएको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।
वीर अस्पतालमा उनको स्वास्थ्य चेकजाँच गरेर साइबर ब्यूरो भोटाहिटी पठाइएको बोगटीले मकालुखबरलाई बताए ।
प्रसाईँलाई म्याद थपका लागि भोली मात्रै अदालतमा उपस्थित गराइने उनले बताए ।
प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम मुद्दा चलाउने तयारी गरिएको छ ।
प्रसाईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भन्दै प्रचार गरेका थिए ।
मकालु खबर
२०८१ मंसिर ४ गते
प्रतिक्रिया
सम्बन्धित