माओवादी द्वन्द्वका घटनाले आममाफी पाउँदैन : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले माओवादी सशस्त्र द्वन्द्वका क्रममा भएका गम्भीर मानव अधिकार उल्लंघनको घटनाले आममाफी नपाउने बताएका छन् ।

दोहोरो भिडन्तबाहेकका अरु खालका हत्या, यौन बलात्कार र दुव्र्यवहार, चरम यातना र बलपूर्वक बेपत्ता पारिएका कुराहरुमा उन्मुक्ति नहुनेगरी कानूनी प्रावधान समेत राखिएको उनको दाबी थियो ।

मंगलवार काठमाडांैमा आयोजित ‘शान्ति प्रक्रियाः विगत र वर्तमान’ विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले विस्तृत शान्ति सम्झौताको मर्मअनुसार शान्ति प्रक्रियाका बाँकि कामलाई टुंगोमा पु¥याउन प्रमुख दलहरु एकठाउँमा उभिएको पनि बताए ।

उनले नेपालको शान्ति प्रक्रिया सफलतापूर्वक अघि बढेको र त्यो छिट्टै टुंगोमा पुग्ने विश्वास व्यक्त गरे ।

उपमहासचिव ज्ञवालीले भने–‘हाम्रो मुख्य थ्रष्ट मेलमिलाप नै हुनेछ । किनभने हाम्रो विस्तृत शान्ति सम्झौताको स्पिरिड त्यही हो । मुलतः मेलमिलाप नै हो । तर हामीले भनि नै सकेका छौं कि ४ वटा गम्भिर मानव अधिकार उल्लंघनका घटना दोहोरो भिडन्तबाहेक अरु खालका हत्याहरुमा उन्मुक्ति हुँदैन । यौन बलात्कार र दुव्र्यवहारमा उन्मुक्ति हुँदैन । चरम यातनामा उन्मुक्ति हुँदैन । बलपूर्वक बेपत्ता पारिएका कुराहरुमा उन्मुक्ति हुँदैन । हामीले यो जुन चार वटा क्याटोगरी राखेका छौं । यिनीहरुले अन्तराष्ट्रिय प्रतिवद्धता र कानूनसँग पनि सम्बन्ध राख्छ । नेपाल संयुक्त राष्ट्र संघको टिटी राष्ट्र हुनुको नाताले, मानव अधिकार परिषद सदस्यको हैसियतले काम गरेको नाताले हामीले अन्तर्राष्ट्रिय रुपमा जनताका प्रतिवद्धताहरु छन । त्यसकारण पनि हामी यस मामिलामा संवेदनशील छौं । त्यो भन्दा पनि बढदा पीडितहरुले हामीले न्याय पायौं भन्ने अनुभुति भयो भने द्वन्द्व व्यवस्थापन गर्न सहज हुन्छ । त्यसकारण पीडितहरुलाई केन्द्रित गरेर हामीले यो अभियानलाई अगाडि बढाउनुपर्ने हुन्छ । त्यसो हँुँदा हामीले शान्ति प्रक्रियालाई अघि बढाउन सफलतापूर्वक अघि बढेका छौं भन्ने मलाई लाग्दछ । यस मामिलामा मुख्य तीन स्टेक होल्डरहरु नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्र हामी सत्ताका अरु थुप्रै प्रश्नहरुमा विवादहरु पनि छन । सत्तापक्ष, प्रतिपक्ष अनेकौ कुराहरुमा होलान् । तर आम रुपमा यो विषय टुंग्याउने कुरामा हामी एकैठाउँ छौं ।’

उपमहासचिव ज्ञवालीले पीडितले न्याय पाउने गरी शान्ति प्रक्रियाका बाँकि कामलाई पूरा गर्ने काममा प्रतिवद्ध भएर लागिपर्ने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *