मन्त्रिपरिषद् बैठक स्थगित गरेर काँग्रेस नेतासँग छलफलमा प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको छ ।
मन्त्रीपरिषद् बैठक मङ्गलवार साँझ ६ बजेका लागि बोलाइएको थियो । तर, बैठक एकाएक स्थगित गरिएको एक मन्त्रीले जनाकारी दिए ।
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक स्थगित गरेर काँग्रेस नेताहरूसँग छलफल थालेका छन् ।
बालुवाटारमा सत्तारुढ दल नेकपा एमाले र नेपाली काँग्रेसका शीर्ष नेताहरूबिच छलफल भइरहेको छ ।
बैठकमा प्रधानमन्त्री ओलीसहित काँग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायतका शीर्ष नेताहरू सहभागी छन् ।
प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबिच पछिल्लो पटक भेटघाट बाक्लिएको छ । आज दिउँसो मात्रै काँग्रेस सभापति देउवाले पार्टीका महामन्त्रीहरूसँग छलफल गरेका थिए ।
काँग्रेस–एमालेका नेताहरूको दौडधुपलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।