सानिमा बैंकको २० औं साधारणसभा सम्पन्न
मकालु खबर
२०८१ मंसिर ४ गते
काठमाडौं । सानिमा बैंक लिमिटेडको २० औं साधारणसभा सम्पन्न भएको छ ।
सानिमा बैंकले मंसिर ४ गते मंगलबारका दिन २० औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको हो ।
बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा २.४० अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति २३३.८६ अर्ब, कुल निक्षेप १९९.३८ अर्ब तथा खुद कर्जा सापटी १६४.९४ अर्ब रहेको छ ।
आर्थिक वर्ष २०७९/८० को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः ११.४८, १०.०६ र ८.४५ प्रतिशतले वृद्धि गरेको छ ।
बैंकको वित्तीय परिसूचक (असार मसान्त २०८१)
मकालु खबर
२०८१ मंसिर ४ गते
प्रतिक्रिया
सम्बन्धित