ओलीसंगको दुस्मनी दुर्गा प्रसाईंलाई भारी,दोषी देखिए ७ वर्षसम्म कैद सजाय !

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरी पक्राउ परेका छन् । मेडिकल व्यवसायी प्रसाईंलाई प्रहरीले दुई महिनाको अवधिमा दोस्रो पटक पक्राउ गरेको हो ।

राष्ट्र,राष्ट्रियता,धर्म संस्कृति र नागरिक बचाउ महाअभियान सञ्चालन गर्दै आएका प्रसाईंलाई प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो(सीआइबी)ले मंगलबार दोस्रो पटक पक्राउ गरेको हो ।

यसअघि उनी गत असोज ६ गते आफ्नै निवास भक्तपुरबाट पक्राउ परेका थिए । विद्युतीय कारोबार ऐन,२०६३ अन्तर्गतको कसुरमा उनी पक्राउ परेका थिए ।

प्रसाईंमाथि विभिन्न व्यक्तिको चरित्र हत्या गरेको आरोप लागेको थियो । त्यसबेला नौ दिन हिरासतमा बसेका मेडिकल व्यवसायी प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले १ लाख धरौटी रकम बुझाएर असोज १५ गते नै छुटेका थिए । उक्त मुद्धा अझै पनि अदालतमा विचाराधिन रहेको छ ।

प्रधानमन्त्रीमाथि गम्भिर आरोप लगाएपछि प्रहरी ‘कस्टडी’मा प्रसाईं

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध भ्रामक सुचना फैलाउँदै गम्भिर आरोप लगाएपछि उनलाई आज प्रहरीले पक्राउ गरेको हो ।

मंगलबार विद्युतीय कारोबार ऐन,२०६३ अन्तर्गतको कसुरमा प्रसाईंलाई पक्राउ गरिएको प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआइबी) का प्रहरी उपरीक्षक एवं प्रवक्ता होविन्द्र बोगटीले मकालुखबरलाई बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध भा्रमक सुचना प्रवाह गरेको पाइएपछि प्रसाईलाई प्रहरीले पक्राउ गरेको हो । प्रसाई विरुद्ध विद्युतीय कारोबार ऐन,२०६३ अन्तर्गत मुद्धा चलाइने भएको छ । प्रसाईंले सोमबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध भ्रामक सामग्री सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीमाथि गम्भिर आरोप लगाएका थिए ।

उनले प्रधानमन्त्री ओलीको कम्बोडियाको स्मार्ट टेलिकममा २१ करोड(साढे ३२ अर्ब रुपैयाँ भन्दा बढी) लगानी रहेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा भिडिओ पोष्ट गरेका थिए ।

सार्वजनिक भिडिओमा भनिएको छ,‘हाम्रा संयोजक दुर्गा प्रसाईं ज्यूलाई कम्बोडियामा रहेको त्यहाँको टेलिकम एजियाटा कम्पनीमा हाम्रै देशका प्रधानमन्त्री खड्क प्रसाद ओलीले लगानी गरेको प्रमाण प्राप्त भएको छ ।’

विद्युतीय कारोबार ऐन,२०६३ अन्तर्गतको कसुरमा उनीमाथि अनुसन्धान भइरहेको प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआइबी) ले जनाएको छ । प्रसाईंमाथि किर्ते र विद्युतीय कारोबार ऐन,२०६३ अन्तर्गतको कसुरमा अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

सीआइबीका प्रवक्ता एवं सुचना अधिकारी होविन्द्र बोगटीद्धारा मंगलबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ,‘दुर्गा प्रसाईंले सामाजिक सञ्चाल फेसबुक एकाउण्ट र अपडेट सेरोफेरो नामक फेसबुक पेजबाट सम्माननीय प्रधानमन्त्री खड्क प्रसाद शर्मा (केपी शर्मा ओली) ज्यूको कम्बोडियामा लगानी भन्ने भ्रामक समाचारहरु सम्प्रेषण गरी सार्वजनिक नैतिकता,शिष्टाचारमा असर पार्ने गरी घृणा,द्धेष,फैलाउने कार्य गरेको हुँदा निज दुर्गा प्रसाद प्रसाईंलाई सम्मानित काठमाडौं जिल्ला अदालतको मिति २०८१/०८/०४ गते पक्राउ अनुमति अनुसार यस व्युरोबाट खटि गएको प्रहरी टोलीले मिति २०८१/००८/०४ गते निजकै घर भक्तपुर मध्यपुर थिमि नगरपालिका वडा नम्बर ६ बाट पक्राउ गरी ल्याइएकोमा थप अनुसन्धानको लागि साइबर व्यूरो भोटाहिटि काठमाडौं पठाइएको छ ।’

ऐनको परिच्छेद ९ को दफा ४७ मा विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गर्नेलाई अधिकतम एक लाख रुपैयाँसम्म जरिवाना,पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने उल्लेख छ ।

“कम्युटर,इन्टरनेटलगायतका विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामाग्रीहरु वा सार्वजनिक नैतिकता,शिष्टाचार विरुद्धका सामाग्री वा कसैप्रति घृणा,वा द्धेष फैलाउने वा विभिन्न जातजाती र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसमका सामाग्रीहरु प्रकाशन वा प्रदर्शन गर्ने,महिलालाई जिस्क्याउने,हैरानी गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय हुनेछ,”उक्त दफामा भनिएको छ । यस्तै उपदफा २ मा भनिएको छ,‘कुनै व्यक्तिले उपदफा (१) बमोजिमको कसुर पटकपटक गरेमा त्यस्तो कसुर बाफत अघिल्लो पटक भएको सजायको डेढी सजाय हुनेछ ।’

डेढी सजाय भनेको पाँच वर्ष सजायको आधा सजाय हो । अर्थात्  साढे दुई वर्ष थप सजाय हुनेछ भनिएको हो । यसरी उक्त कसुरमा दुर्गा प्रसाईं दोषी देखिएमा साढे ७ वर्षसम्म सजाय हुनसक्ने देखिन्छ ।

प्रधानमन्त्री ओलीले यससम्बन्धी आफुमाथि लगाइएका आरोपहरु निराधार रहेको बताउँदै आएका छन् । उनले यसै विषयमा सार्वजनिक रुपमा प्रश्न उठेपछि संसदबाट नै आफुमाथि लगाइएका आरोपहरु निराधार रहेको बताएका थिए ।

प्रधानमन्त्री ओलीका प्रेसविज्ञ रामशरण बजगाईंले यस विषयमा प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआइबी) ले अनुसन्धान गरिरहेको भन्दै थप बोल्न चाहेनन् ।

दुर्गा प्रसाईले प्रकाशन गरेको सामाग्रीहरु ‘फेक’ भएको उनले बताए । राज्यको कानून अनुसार नै कारबाहीको दायरामा आउने प्रेस विज्ञ बजगाईंको भनाई छ ।

प्रसाईंले सरकारी कागजात किर्ते गरेको बताउँदै प्रेसविज्ञ बजगाईंले मकालुखबरसंग भने,“दुर्गा प्रसाईंले देखाएको प्रधानमन्त्री ज्यूको नागरिकता फेक हो । उक्त नागरिकतामा प्रधानमन्त्री ज्यूको नाम,हस्ताक्षर केही पनि मिलेको छैन ।”

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडिओ पोष्ट गर्दै नेताहरुको विदेशमा पैसा रहेको आरोप लगाएका थिए ।

‘यहाँका नेताहरुको पैसा कम्बोडिया,मंगोलिया,साउथ अफ्रिका,केन्या,दुवै,सिंगापुर लगायत देशमा छ । म संग प्रमाण छ,लिखित,सिग्नेचर भएका पेपरहरु छन् म संग,’मेडिकल व्यवसायी प्रसाईंले भने ।

त्यसक्रममा उनले आफुलाई मार्न सक्ने बताउँदै अगाडि भने,‘मलाई यिनिहरुले मारे भने अर्कै कुरा हो । नभए दुर्गा प्रसाई विग्दैन फेरी । संसारमा दुर्गा प्रसाईं मर्छ विग्दैन,संसारमा दुर्गा प्रसाई झुक्छ तर विग्दैन किनभने मैले नेपालीहरुको रोएको,नेपाली चेलीबेटी रोएको देखेको छुँ ।’

प्रसाईंको विगत

प्रसाईंको विगत पनि सुखद् छैन । केही वर्ष अघि नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’(तत्कालिन नेकपा) लाई आफ्नो घरमा मार्सी चामलको भात खुवाएको तस्बीर सार्वजनिक भएपछि प्रसाईं चर्चामा आएका थिए ।

नेकपा फुटेपछि उनी नेकपा एमालेका केन्द्रिय सदस्य समेत बने । एमाले केन्द्रिय सदस्य रहेकै समयमा झापामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सहभागि गराएर एउटा कार्यक्रम गरेपछि उनी एमालेबाट निष्काशित हुन पुगे । त्यसपछि उनी एमाले विरुद्ध उग्र रुपमा प्रस्तुत हुँदै आइरहेका छन् ।

प्रसाईंले बैंक तथा वित्तीय संस्थाविरुद्ध पनि धावा बोल्दै आइरहेका थिए । बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याजदरका कारण उद्यमी,व्यवसायी तथा किसान पेशाबाट पलायन हुनपर्ने भन्दै यी संघसंस्थाहरुको विरोध गर्दै आएका थिए ।

यति सम्मकी बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न नहुने अभियान नै चलाए । उनी यतिमै मात्रै सिमित रहेनन् ऋण उठाउन आउने संघसंस्थाका पदाधिकारीहरुलाई मोसो दल्न समेत उक्साए ।

यिनै प्रसाई नेकपा एमालेमा प्रवेश गर्नुअघि माआवादी पार्टीमा आवद्ध रहेका थिए । आफ्ना स्वार्थहरु पूरा नभएपछि अहिले प्रसाईं सााजिक अभियन्ता संगै राजावादीका रुपमा आफुलाई प्रस्तुत गर्दै आइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *