सुस्तामा ट्रकले हान्दा साइकलमा सवार ६५ वर्षका वृद्धको मृत्यु

नवलपरासी । गएराति नवलपरासीको सुस्तामा ट्रकको ठक्करबाट साइकलमा सवार एक वृद्धको मृत्यु भएको छ ।

मंगलबार राति पौने १० बजे पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका १ बरुवा चोकस्थित भित्री सडक खण्डमा ट्रकको ठक्करबाट स्थानीय ६५ वर्षीय रामजी नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए ।  बर्दघाटबाट त्रिवेणीतर्फ जाँदै गरेको लु २ ख ८९३ नम्बरको ट्रकले सोही दिशा तर्फबाट जाँदै गरेको साइकललाई ठक्कर दिँदा नेपाली गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारको लागि सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता पठाउँदा डाक्टरले मृत घोषणा गरेका डीएसपी बोहराले बताए । दुर्घटनापछि प्रहरीले ट्रक चालकलाई पक्राउ गरेको छ । नेपालीको शव पोष्टमार्टमका लागि पृथ्वी चन्द्र अस्पताल परासीमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *