दुर्गा प्रसाईंलाई सरकारी वकिलको कार्यालय लगियो
मकालु खबर
२०८१ मंसिर ५ गते
काठमाडौँ । साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई सरकारी वकिलको कार्यालय लगिएको छ । उनलाई बयानका लागि बुधबार बिहान सरकारी वकिल कार्यलय काठमाडौँमा पुर्याइएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भिडियो सन्देशमार्फत ‘विवादास्पद अभिव्यक्ति’ दिएको आरोपमा उनी मंगलबार पक्राउ परेका थिए । प्रसाईं विरुद्ध जिल्ला अदालतबाट साइबर अपराध सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको थियो ।
प्रधानमन्त्री ओलीले कम्बोडियामा २० करोड डलर लगानी गरेको प्रसाईंले भिडियोमार्फत आरोप लगाएका थिए । सो भिडियोमा उनले कागजात पनि देखाएका छन् । फर्जी कागजात बनाएको कसुरमा प्रहरीले उनीविरुद्ध ‘किर्ते गर्न नहुने’ अभियोग लगाउने तयारी गरेको छ ।
मकालु खबर
२०८१ मंसिर ५ गते
प्रतिक्रिया
सम्बन्धित