मध्यपूर्वमा आणविक हतियार मुक्त क्षेत्र स्थापना गर्न संयुक्त राष्ट्र प्रमुखको आह्वान
मकालु खबर
२०८१ मंसिर ५ गते
एजेन्सी । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा तत्काल युद्धविराम र आणविक हतियारमुक्त क्षेत्र स्थापना गर्न आह्वान गरेका छन् ।
आणविक हतियार र अन्य सामूहिक विनाशका हतियारहरू मुक्त मध्यपूर्व क्षेत्रको स्थापनासम्बन्धी सम्मेलनको पाँचौँ सत्रमा आफ्नो भिडियो सन्देशमा गुटेर्रेसले सो आह्वान गरेका हुन् ।
द्वन्द्व झनै बिस्तार भइरहेको भन्दै युद्ध रोक्न आह्वान गरे ।
उनले मध्यपूर्व र विश्वभरका सबै मानिसहरूका लागि थप शान्तिपूर्ण भविष्य निर्माण गर्न आवश्यक रहेको बताए ।
मकालु खबर
२०८१ मंसिर ५ गते
प्रतिक्रिया
सम्बन्धित