दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
मकालु खबर
२०८१ मंसिर ५ गते
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले व्यवसायी दुर्गा प्रसाईँलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
जिल्ला न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक सामग्री सार्वजनिक गरेको आरोपमा प्रसाईँ मङ्गलवार पक्राउ परेका थिए । उनलाई सीआईबीको टोलीले भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो ।
हिजै पक्राउ गरिए पनि समय अभावका कारण उनलाई आज बुधवार अदालतमा पेस गरिएको हो । प्रहरीले उनीमाथि साइबर अपराध लगायतका अभियोगमा अनुसन्धान गर्ने भएको हो ।
प्रसाईँले फेक भिडिओ बनाएर प्रधानमन्त्री ओलीले कम्बोडियामा २० करोड डलर लगानी गरेको आरोप लगाएका थिए ।
मकालु खबर
२०८१ मंसिर ५ गते
प्रतिक्रिया
सम्बन्धित