प्रहरीबाट कुटिए सहकारी पीडित, एक जनाको टाउको फुट्यो (भिडिओ)
मकालु खबर
२०८१ मंसिर ५ गते
काठमाडौँ । माइतीघरमा प्रहरी र सहकारी पीडितहरूबिच झडप भएको छ ।
विरोध प्रदर्शनका क्रममा प्रहरीले सहकारी पीडितमाथि लाठी चार्ज गरेको हो ।
पीडितहरू वानेश्वरतर्फ जान लाग्दा प्रहरीले रोकेपछि झडप भएको हो ।
प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । प्रहरीको लाठी चार्जबाट एक प्रदर्शनकारीको टाउकोमा ठुलो चोट लागेको छ ।
दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन् ।
मकालु खबर
२०८१ मंसिर ५ गते
प्रतिक्रिया
सम्बन्धित