रास्वपाले दोस्रो चरणको आन्दोलनलाई चुनावी अभियानका रुपमा अघि बढाउने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणमा गर्ने भनिएको आन्दोलनको प्रारुप परिवर्तन गरेको छ ।
बुधवार बसेको पार्टीको बैठकले दोस्रो चरणको आन्दोलनको तात्कालिक स्वरुप स्थानीय निर्वाचनसंग सम्बन्धित अभियानका माध्यमबाट अगाडि बढाउने निर्णय गरिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
झाद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘पार्टीले दोस्रो चरणको आन्दोलनको तात्कालिक स्वरुप स्थानीय निर्वाचनसंग सम्बन्धित अभियानका माध्यमबाट अगाडि बढाउने र गत कार्तिक २४ गतेको केन्द्रिय समितिको निर्णय बमोजिम आसन्न स्थानीय तहको उपनिर्वाचनका सन्दर्भमा स्थानीय जनजीवीकाका समस्या,राजनीतिक प्रतिशोध र सहकारी,लघुवित्त,मिटरब्याज पीडित,भ्रष्टाचारका काण्डहरुको छानविन,अर्थतन्त्र र युवा बेरोजगारी,प्रवास,संविधान संसोधन लगायतका राष्ट्रिय मुद्धाहरुको स्थानीयकरणमा केन्द्रित हुने निर्णय गरेको छ ।’
सरकार नागरिकका समस्याप्रतिको असंवेदनशीलता प्रदर्शन गरिरहेको समेत जारी विज्ञप्तिमा उल्लेख छ ।