काँग्रेस र एमालेबिच कुनै असमझदारी छैन : गृहमन्त्री लेखक
मकालु खबर
२०८१ मंसिर ६ गते
काठमाडौं । गृहमन्त्री रमेश लेखकले काँग्रेस– एमालेबिच कुनै असमझदारी नरहेको बताएका छन् ।
उनले दुई दल मुख्य प्रतिस्पर्धी भए पनि मिलेर सरकार चलाइरहेका बताउँदै ०८४ को निर्वाचनसम्म सहज मिलेर जाने बताए ।
धनगढीको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले गठबन्धन परिवर्तन नहुने बताए । उनले १८ महिनापछि काँग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्री बन्ने दाबी गरे ।
‘एमाले र काँग्रेसबिच कुनै असमझदारी छैन, २०८४ को निर्वाचनसम्म सहज मिलेर जान्छौँ’ उनले भने ।
गृहमन्त्री लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र रहेको बताए ।
मकालु खबर
२०८१ मंसिर ६ गते
प्रतिक्रिया
सम्बन्धित