कुमाख युवा परिषद्का उपाध्यक्ष युवराजले दिए राजीनामा
मकालु खबर
२०८१ मंसिर ६ गते
काठमाडौं । कुमाख युवा परिषद् सल्यानका उपाध्यक्ष युवराज खड्काले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
कुमाख गाउँपालिकामा युवा मामिला हेर्ने गरी उपाध्यक्षमा नियुक्त गरिएका खड्काले पदबाट राजीनामा दिएका हुन् ।
तर, पछिल्लो समय गाउँ कार्यपालिका र उपाध्यक्ष खड्काबिच दरार आएका थियो । गाउँपालिका र युवा परिषद्बिच समन्वयमा टकराब आएपछि खड्काले राजीनामा दिएका हुन् ।
विकसित घटनाक्रमलाई समीक्षा गर्दै युवा मामिलाका एजेन्डालाई स्थापित गर्न थप बलियो रूपमा प्रस्तुत हुनका लागि पदबाट राजीनामा दिएको उनले बताए ।
खड्काले इमेल गरेर पदबाट राजीनामा दिएको जानकारी कुमाख गाउँपालिकालाई दिएको बताए ।
मकालु खबर
२०८१ मंसिर ६ गते
प्रतिक्रिया
सम्बन्धित