नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयकको मस्यौदा प्रतिवेदन पारित

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन पारित गरेको छ । बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले उक्त प्रतिवेदन पारित गरेको हो ।

समिति सभापति तुलसाकुमारी दाहालले मस्यौदा प्रतिवेदनउपर लामो समयको छलफलपछि पारित गरेको जानकारी गराउनु भयो । कार्यअनुभवका आधारमा प्रतिवेदनउपर छलफल गरी पारित गरेको बताए ।

उनले भने,‘कर्मचारीहरुको सरुवा बढुवा र पदावधि लगायतको निर्णय गर्ने अधिकार समावेश भएको उक्त प्रतिवेदन आजको समिति बैठकबाट पारित भएको छ । कार्यअनुभवका कुराहरु हामीले पास गरिसकेका छौं । सोही सहमतिअनुसार उक्त प्रतिवदेदन सर्वसहमतिबाट पास भएको घोषणा गर्दछु ।’

प्रतिवेदनमा रहेका केही बुँदाहरु भने पुनः छलफल गरी अघि बढाइने सभापति दाहालको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *