माओवादीको पक्षमा जनलहर देखियो : प्रचण्ड
मकालु खबर
२०८१ मंसिर ६ गते
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको पक्षमा जनलहर देखिएको बताएका छन् ।
उनले सरकाबाट बाहिरिएपछि माओवादीको पक्षमा जनलहर देखिएको बताए ।
उनले मुलुकका सम्पूर्ण शोषित पीडित वर्ग समुदायसहित माओवादी विचारमा विश्वास गर्ने सबैलाई एकताबद्ध गर्नुपर्ने बताए ।
पार्टीलाई २०६४ सालकै अवस्थामा पुर्याउने अठोटका साथ अघि बढेको पार्टी नेतृत्वलाई सफल बनाउन सबै नेता तथा कार्यकर्ता अझ सक्रिय हुनुपर्ने समय आएको प्रचण्डले बताए ।
अध्यक्ष प्रचण्डले जनताको बलिदानबाट प्राप्त गणतन्त्रको संरक्षण र सम्बद्र्धनमा जुट्न सबैसँग अनुरोध गरे ।
मकालु खबर
२०८१ मंसिर ६ गते
प्रतिक्रिया
सम्बन्धित