खोला–किनारमा थप २० मिटर छाड्नु नपर्ने, सरकारले पायो निस्सा

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका खोला किनाराको थप २० मिटर छाड्नु पर्ने आफ्नो फैसलालाई पुनरावलोकन गर्ने भएको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह र न्यायाधिशहरु डा.कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले आफ्नो फैसलालाई पुनरावलोकनको अनुमति दिएको हो ।

यससँगै खोला किनाराको थप २० मिटर छाड्नुपर्ने सर्वोच्च अदालतको आदेश पुनरावलोकनका लागि सरकारले निस्सा पाएको छ । सरकारको पुनरावलोकनमा सर्वोच्च अदालतले आज निस्सा दिने आदेश दिएको हो ।

तत्कालका लागि सर्वोच्चले यसअघि दिएको आदेश अनुसार नदी किनाराको थप २० मिटरमा रहेका संरचना हटाउन नपर्ने भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *