काठमाडौँलाई केन्द्रबिन्दु बनाएर गयो भूकम्प
मकालु खबर
२०८१ मंसिर ७ गते
काठमाडौं । काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर बिहीबार राति भूकम्पको धक्का महसुस भएको छ। राति १०ः४६ मा २ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार सानो म्याग्निच्युडको भएपनि केन्द्रविन्दु नजिक भएकाले काठमाडौंसहित आसपासका जिल्लामा समेत भूकम्पको धक्का महसुस भएको थियो ।
बिहीबार बिहान १० बजेर १३ मिनेटमा जाँदा कास्की र मनाङको सीमामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्प ४.२ म्याग्निच्युडको थियो ।
मकालु खबर
२०८१ मंसिर ७ गते
प्रतिक्रिया
सम्बन्धित