राष्ट्रिय सद्भाव कायम गर्न एमालेको जागरणसभा
मकालु खबर
२०८१ मंसिर ७ गते
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रिय सद्भाव कायम गर्न आज दरबारमार्गमा जागरणसभा आयोजना गर्दैैछ ।
सभालाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलगायत अन्य वरिष्ठ नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । आज बिहान ११ बजे भद्रकालीबाट सुरु हुने र्यायाली दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ । सभामा एक लाख मानिस सहभागी गराउने लक्ष्य रहेको सो दलका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
भद्रकालीबाट जुलुस निकाली, न्युरोड, वीर अस्पताल, रत्नपार्क, त्रिचन्द्र क्याम्पस हुँदै दरबारमार्गमा पुगि जागरण सभा संचालन हुनेछ ।
पार्टीका जनवर्गीय सङ्गठनहरू युवा सङ्घ नेपाल, जिफन्ट, अनेरास्ववियु, सम्पर्क मञ्चलगाय सबै जनसङ्गठनका सदस्य सभामा सहभागी हुने जनाइएको छ ।
मकालु खबर
२०८१ मंसिर ७ गते
प्रतिक्रिया
सम्बन्धित