लोकप्रियताबादका नाममा ढाँटबाद चलिरहेको छ : प्रधानमन्त्री ओली
मकालु खबर
२०८१ मंसिर ७ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले लोकप्रियतावादका नाममा ढाँटबाद चलिरहेको बताएका छन् ।
शुक्रवार दरबारमार्ग आयोजित जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘अहिले लोकप्रियताबाद चलिरहेको छ,यो लोकप्रियतावाद होइन,ढाँटवाद हो,लोकप्रियतावाद यस्तो हुँदैन ।’
देश हाँक्न आफुहरुसंग सही नीति रहेको समेत उनले बताए । एक ढिक्का भएर अगाडि बढ्न उनले नेता,कार्यकर्तालाई आग्रह गरे । उनले कम्बोडियाको टेलिकममा आफ्नो लगानी नरहेको समेत प्रष्ट्याए ।
आाफु बददमासी गर्ने अरुको टाउकोमा खन्याउने काम कसैले पनि गर्न नहुने उनको भनाई थियो । प्रधानमन्त्री ओलीले आफुहरु युद्ध नभएर शान्तीको पक्षमा रहेको बताए । यस्तै उनले आफुमाथि लागेका आरोप खण्डन गर्न लायक समेत नरहेका बताए ।
मकालु खबर
२०८१ मंसिर ७ गते
प्रतिक्रिया
सम्बन्धित