अफ्रिकामा शान्ति, सुरक्षा सुधार : एयु आयुक्त

अफ्रिकाको शान्ति र सुरक्षा स्थितिमा सुधार भइरहेको अफ्रिकी संघ (एयू) राजनीतिक मामिला, शान्ति र सुरक्षाका आयुक्त बांकोले अदोयेले बताउनुभएको छ । लोकतान्त्रिक चुनाव र शक्तिको सहजताका कारण महाद्वीपका विभिन्न भागहरूमा सुधार भइरहेको बताउनुभएको हो । अदोयले बुधवार इथियोपियाको राजधानी अदिस अबाबास्थित एयुको मुख्यालयमा द्वन्द्वपछिको पुनर्निर्माण र विकासमा चौथो सचेतना सप्ताह मनाउने क्रममा उक्त टिप्पणी गर्नुभएको हो । उहाँले यस वर्ष महादेशका १५ देशमा भएका अधिकांश निर्वाचन शान्तिपूर्ण र प्रजातान्त्रिक भएकाले महादेशमा विधिको शासनको सुदृढीकरण भइरहेको सङ्केत गरेको बताउनु भयो ।

अफ्रिकामा शान्ति, सुशासन र सुरक्षामा पनि सुधार भइरहेको र अफ्रिकामा सुरक्षाका मुद्दाहरू समाधान गर्न राजनीतिक संवाद मात्र विकल्प बन्दै गएको बताउनु भयो । एयु शान्ति तथा सुरक्षा परिषद्ले द्वन्द्वलाई अझ दिगो तरिकाले समाधान गर्ने प्रयास गरिरहेको बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *