प्रेस विज्ञप्ति

मनकामना केबुलकार सेवा शुभारम्भको २७ औं वर्षमा प्रवेश

काठमाडौँ । मनकामना केबुलकार सेवा शुभारम्भको २६ औं वर्ष पुरा गरी २७ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा कम्पनीले आगामी वर्षहरूमा अरू स्तरीय सेवा दिने प्रतिबद्धता जाहेर गरेको छ ।

यस २६ औं वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीले उक्त केबुलकारका स्रष्टा स्व. लक्ष्मण बाबु श्रेष्ठलाई स्मरण गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।

केबुलकार सञ्चालनमा आएपछि प्रसिद्ध तीर्थस्थल मनकामना साथै यस वरिपरिका क्षेत्र भारत लगायत विश्वभरमा नै एक प्रमुख गन्तव्यका रूपमा स्थापित भैसकेको कम्पनीले जनाएको छ । २६ वर्ष पुगिसकेको यो  Analogue प्रविधिको मर्मत सम्भार गर्नुका साथै स्पेयर पार्टस् समेत पाउन कठिनाइ हुने स्थितिलाई मध्यनजर गर्दै कम्पनीले यस प्रविधिलाई हालकै नवीनतम Digital प्रणालीमा स्तरोन्नति गरिएको जानकारी दिएको छ ।

साथै मनकामनामा केबुलकार हाताभित्र नै सुविधा सम्पन्न रिसोर्टको निर्माणको अन्तिम चरणमा पुगेको जनाएको छ । यो रिसोर्टमा स्वीमिङ्ग पुल, हेल्थ क्लब, सभा सेमिनार हल र रेष्टुरेन्टको सुविधा हुनेछ । रिसोर्ट सञ्चालन आएपछि मनकामना र वरिपरिका क्षेत्रलाई धार्मिक साथै अन्य पर्यटकीय महत्वका साथ गन्तव्य बनाउने लक्ष्य रहने कम्पनीले जनाएको छ ।

सञ्चालनमा आएपछि मनकामनामा सुरुवाती वर्षमा १० लाख यात्रुहरूलाई सेवा दिएकोमा यो क्रमशः बढ्दै गएको छ र हाल वार्षिक १२ लाख यात्रुलाई सेवा दिदैं आएको जनाएको छ । यस वर्ष १३ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य लिइएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *