रवि लामिछानेविरुद्ध थप अनुसन्धानको तयारी, अदालत उपस्थित गराइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएको छ । सहकारी ठगी, सम्पत्ति हिनामिना, र सङ्गठित अपराधका आरोपमा अनुसन्धानका लागि थप म्याद माग गर्दै प्रहरीद्वारा उनलाई अदालत लगिएको हो ।

रवि लामिछानेलाई कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरिएको थियो । सोही प्रकरणमा छविलाल जोशी, लीला पछाई, र रामप्रसाद खनाल समेत अदालत पुर्‍याइएको छ । प्रहरीका अनुसार अनुसन्धान अझै बाँकी रहेकाले म्याद थप आवश्यक परेको छ ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनका सम्बन्धमा पक्राउ परेका छविलाल जोशीको बयान काठमाडौँमा लिइसकिएको छ । यस्तै, पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनको मुद्दामा हिरासतमा रहेका जोशीलाई काठमाडौँमा परेका अन्य जाहेरीका कारण बयानका लागि ल्याइएको हो ।

लामिछानेविरुद्ध पनि काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि अब उनलाई बयानका लागि काठमाडौँ पुर्‍याउने तयारी भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *