रास्वपा नेताहरुविरुद्धको मुद्दाको पेसी आज

काठमाडौं । अदालतको अवहेलनासम्बन्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूविरूद्ध दिइएको निवेदन सुनुवाइका लागि पेसीमा चढेको छ । अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको अदालतको अवहेलना निवेदन न्यायाधीशद्धय हरिप्रसाद फुयाँल र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको हो ।

गोलाबाट तोकिएको पेसी ‘ल’ नम्बरमा पेसी रहेको छ। मुद्दा धेरै रहेकोले उक्त मुद्दा अन्तिममा परेको हुनाले आजको सूचीमा हेर्न नभ्याइने सूचीमा पर्ने सम्भावना भने धेरै देखिएको छ ।

उक्त निवेदनमा अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजिएको उल्लेख छ । निवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारीहरूसहित स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, अशोककुमार चौधरी, विराजभक्त महर्जन, तोसिमा कार्की, असिम शाह, गणेश पराजुली, सोविता गौतमलगायतलाई विपक्षी बनाइएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *