दुर्गा प्रसाईँलाई म्याद थपका लागि अदालत लगियो

काठमाडौँ । दुर्गा प्रसाईँलाई म्याद थपको लागि अदालत लगिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक सामग्री सार्वजनिक गरेपछि पक्राउ परेका प्रसाईँलाई काठमाडौँ जिल्ला अदालत लगिएको हो ।

प्रसाईँलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न दिइएको म्याद आज सकिएको छ । उनलाई फेरी म्याद थपका लागि अदालत लगिएको हो ।

प्रसाईँ गत मङ्गलवार भक्तपुरस्थित आफ्नो निवासबाटै पक्राउ परेका थिए । उनीमाथि साइवर अपराधसहित विभिन्न मुद्दामा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *