कर्मदा माविको छात्रावासमा बस्ने विद्यार्थीद्वारा तरकारी खेती (तस्बिरहरू)
काठमाडौं । तनहुँको भानु नगरपालिका वडा ९ मा रहेको कर्मदा माध्यमिक विद्यालयका विद्यार्थीहरूले तरकारी खेती गर्न थालका छन् ।
विद्यालयको छात्रावासमा बसेर अध्ययन गर्ने विद्यार्थीहरूले तरकारी खेती गर्न थालेका हुन् ।
कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीहरूले तरकारी खेती गर्न थालेको कमर्दा माविका प्रधानाध्यापक सन्जय विकले जानकारी दिए ।
उनले छात्रावासमा बसेर पढ्ने विद्यार्थीलाई तरकारीमा आर्थिक भार परेकाले तरकारी खेती गर्न थालिएको बताए ।
विद्यार्थीहरूले परीक्षाको तयारीका लागि छात्रावासमा बस्ने विद्यार्थीलाई आर्थिक रूपमा भार नपरोस् भन्ने उद्देश्यले तरकारी खेती गर्न थालेको प्रधानाध्यापक विकले बताए ।
‘आर्थिक भार कम होस् र विद्यार्थीहरूले पनि कृषिमा मन लगाउनु पर्छ भन्ने धारणाले तरकारी खेती गरिएको हो,’उनले भने ‘यस कामको लागि हामीलाई स्थानीयले निःशुल्क जग्गा प्रदान गरेका छन् । यसमा हामीले आलु, मोल ,औषधी पाउडरहरू सबै विद्यालयले लगानी गरिएको छ ।’
तरकारी खेतीका लागि स्थानीय अभिभावकले जग्गा प्रदान गरेका छन् । स्थानीय अभिवाकले दिएको जग्गामा आलु, काउली, खुर्सानी, रायो लगायतका विभिन्न प्रकारका तरकारी लगाउने गरिएको छ ।
प्रधानाध्यापक विकका अनुसार तरकारीका लागि बिउ र मल विद्यालयले किन्ने गरेको बताए । उनले लगभग दुई रोपनी जग्गामा तरकारी खेती गरिएको बताए ।
उनले भने– ‘आलुको बिउ, मल विद्यार्थीहरूले ल्याए, केही मल बाँकी स्कुलले नै किन्यो । हामीले ७० केजी आलु काउली, रातो मूला, सेतो मूला र थरी थरीका सागहरू रोपिएका छन् । बन्दाको बेर्ना पनि जमाइएको छ । तरकारी खेतीका लागि हामीले २ रोपनी जग्गा प्रयोग गरेका छौँ ।’
पहिलो वर्ष छात्रावासमा तरकारीमा बढी आर्थिक भार परेको कारण विद्यार्थीहरूलाई समस्या भएको थियो ।
जस कारण आर्थिक भार कम गर्नका लागि विद्यार्थीहरू आफैले मौसमी खेती गर्न थालको हुन् । विद्यार्थी र विद्यालयको यो काममा अभिभावकले पनि साथ दिएका छन् ।