हिजो मात्रै क्यानडाबाट फर्किएका थिए सिनामंगलको होटेलमा मृत भेटिएका दम्पती
मकालु खबर
२०८१ मंसिर ९ गते
काठमाडौँ । काठमाडौँको सिनामंगलस्थित होटल जन्मभूमिको चौथो तलामा एक दम्पती मृत भेटिएका छन् ।
आज आइतबार बिहान होटेलको चौथो तलामा मृत भेटिएका युवायुवती दम्पती रहेको खुलेको हो ।
उनीहरू सुनसरीको दुहबीका ३४ वर्षीय रमेश माझी र २९ वर्षीया शर्मिला माझी हुन् ।
उनीहरू हिजो शनिवार मात्रै क्यानडाबाट काठमाडौँ आएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीका अनुसार उनीहरू एयरपोर्टबाट सिधै होटेल गएका थिए ।
उनीहरू होटेल जन्मभूमिको चौथो तलाको १२० नम्बर कोठामा बसेका थिए । आज आइतबार दुवै जना कोठा बाहिर बार्दलीमा एउटै सलको पासोमा झुन्डिएको अवस्थामा भेटिएका थिए ।
उनीहरूको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको एसपी अधिकारीले बताए । मृतक दम्पतीका आफन्त आएपछि उनीहरूको शवको पोस्टमार्टम गरिने उनले बताए ।
घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।
मकालु खबर
२०८१ मंसिर ९ गते
प्रतिक्रिया