परराष्ट्रमन्त्री राणाको जापान भ्रमण स्थगित, चीन जाने

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा आगामी मंसिर १३ गते चीन जाने निश्चित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीलाई सहज बनाउन मन्त्री राणा प्रधानमन्त्रीभन्दा पाँच दिन अगावै उत्तरी छिमेकी मुलुकतर्फ प्रस्थान गर्न लागेकी हुन् ।

प्रधानमन्त्री ओली १७ मंसिरमा चारदिने चीन भ्रमणमा जाने कार्यक्रम तय भएको छ । मन्त्री राणाको भ्रमण मुख्यतया चीनसँगको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाको कार्यान्वयनसम्बन्धी सम्झौताको पृष्ठभूमि तयारीमा केन्द्रित रहने बुझिएको छ । बीआरआई सम्झौताका विषयमा सत्तारूढ एमाले र प्रमुख प्रतिपक्षी कांग्रेसबीच मतभेद कायम रहँदा यो भ्रमण थप महत्वपूर्ण बनेको छ ।

यसअघि मन्त्री राणा स्वास्थ्य परीक्षणका लागि जापान जाने तयारीमा थिइन् । तर, चिकित्सकको समय उपलब्ध नभएकाले अब जापान जाने योजना स्थगित गरेर उनी चीन प्रस्थान गर्न लागेकी हुन् । ‘मन्त्रीज्यू स्वास्थ्य परीक्षणका लागि जापान जाने तयारीमा हुनुहुन्थ्यो,’ उनका प्रेस संयोजक एकराज पाठकले भने, ‘तर चिकित्सकसँग समय नमिलेकाले उहाँले चीन जाने निर्णय गर्नुभयो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *