पढ्दै कमाउँदै : विद्यार्थी आलुखेतीमा रमाउँदै

तनहुँ । तनहुँको भानु नगरपालिका–९ बाइसजाँगरस्थित कर्मदा माध्यमिक विद्यालयका विद्यार्थीले आलुखेती सुरू गरेका छन् ।

कक्षा १० मा अध्ययनरत विद्यार्थीले दुई रोपनी क्षेत्रफलमा आलुखेती सुरू गरेका हुन् । विद्यालयको छात्रावासमा बसेर अध्ययन गरिरहेका विद्यार्थीलाई मौसम अनुसारको खेती गर्न सिकाउने उद्देश्य अनुरूप आलुखेतीमा संलग्न गरिएको प्रधानाध्यापक सञ्जयकुमार विकले जानकारी दिए ।

छात्राबासमा बस्दा अभिभावकको आर्थिक लगानीलाई केही कम गर्ने र विद्यार्थीलाई आफैप्रति जिम्मेवार बनाउन सकियोस् भन्ने उद्देश्यस्वरूप आलुखेती गराइएको उनको भनाइ छ । उनले भने, “छात्राबासमा बस्दा अभिभावकको केही रकम खर्च हुन्छ । आलुखेती गरेर केही आम्दानी भयो भने सहज हुन्छ । पढ्दै कमाउँदै कार्यक्रमले विद्यार्थीलाई श्रमप्रतिको भावनासमेत जगाउँछ ।”

आलुखेतीका लागि बारी खन्न विद्यार्थी र शिक्षकले सहयोग गरेका छन् । त्यसक्रममा ७० किलो आलु रोपिएको प्रधानाध्यापक विकले बताउनुभयो । उनले भने, “पढाइसँगै व्यावहारिक सीप सिकाउनसमेत यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास लिएका छौँ ।” उत्पादित हुने आलु बिक्री गरी विद्यार्थीले खर्च जुटाउन सक्ने विकको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *