जाडो कटाउन संघर्ष गर्दै अफगानीहरू
मकालु खबर
२०८१ मंसिर ११ गते
काठमाडाैं । कमजोर अर्थतन्त्रको बीचमा अफगानीहरू जाडोका लागि आफूलाई तयार पार्न संघर्ष गरिरहेका छन् । अफगानिस्तानका बहुसंख्यक मानिसहरूले आफ्नो घर न्यानो बनाउन दाउरा खोजिरहेका छन् ।
यद्यपि बढ्दो मूल्यका कारण धेरै अफगानिस्तानका बासिन्दाहरूलाई यो आवश्यकतामा पहुँच गर्न गाह्रो भएको छ । आफू केही पसलहरुमा जाँदा ५६० किलो दाउराको मूल्य यस वर्ष १४ हजारदेखि १५ हजार अफगानी (लगभग २०६ देखि २२१ अमेरिकी डलर) रहेको छअफगान निवासी गाजी अहमद बताउनु हुन्छ । जुन गत वर्ष ७ हजार देखि ८ हजार अफगानी (लगभग १०३ देखि ११८ अमेरिकी डलर) रहेको थियो ।
अहिले विक्री मात्रा कम रहेको र अहिलेसम्म करिव ५६० केजी दाउरा बेचिसकेको बताए । तर विगतका वर्षहरूमा ८ हजार ४ सय केजीसम्म दाउरा बेच्ने गरेको बताए ।
मकालु खबर
२०८१ मंसिर ११ गते
प्रतिक्रिया
सम्बन्धित