बालुवाटार पुगेर रास्वपाका प्रमुख सचेतकले भेटे प्रधानमन्त्री
मकालु खबर
२०८१ मंसिर १२ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।
मङ्गलवार बालुवाटार पुगेर परियारले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् ।
प्रमुख सचेतक परियारले प्रधानमन्त्रीलाई भेटेको ओलीको सचिवालयले पुष्टि गरेको छ ।
भेटमा के विषयमा कुराकानी भयो भन्नेबारे भने केही खुलाइएको छैन ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापतिलाई बयानका लागि काठमाडौं ल्याउनु अघि भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
मकालु खबर
२०८१ मंसिर १२ गते
प्रतिक्रिया
सम्बन्धित