दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट खारेज

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएको छ ।

बुधवार न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले रिट खारेज गरेको हो ।

प्रसाईँका तर्फबाट उनका छोराले गैरकानुनी रूपमा हिरासतमा लिएको र हिरासतमुक्त हुन पाउनुपर्ने माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

तर, अदालतले उक्त बन्दी प्रत्यक्षीकरण रिट खारेज गरिदिएको हो ।

प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा लगानी रहेको भन्दै भ्रामक भिडिओ सामग्री सार्वजनिक गरेका थिए ।

उक्त भिडिओ सार्वजनिक गरेपछि उनलाई साइबर अपराधमा सिआइबीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *