प्रेस विज्ञप्ति

जस्मिन पेन्ट्सको ब्रान्ड एम्बेसडरको रूपमा पारस खड्का नियुक्त

काठमाडौँ । जस्मिन पेन्ट्सले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ ।

कम्पनीले आफ्नो बजार प्रवर्द्धनका लागि यसअघि नेपालका चर्चित कलाकारहरूलाई समेत ब्रान्ड एम्बेसडर नियुक्ति गरिसकेको छ । पछिल्लो समय नेपाली खेल क्षेत्रको विकास र युवाहरूको चाहना र भावनालाई मध्यनजर गर्दै नेपाली क्रिकेटले आफ्नो उत्कृष्ट प्रभुत्व जमाउन सकिरहेको अवस्थामा खेल र खेलाडीहरूलाई पनि थप प्रोत्साहन गर्ने उद्देश्यका साथ उनी संग सहकार्यकालागि हात अगाडी बढाएको कम्पनीले जनाएको छ ।

उनी संग गरिएको यस सहकार्यले नेपाली खेलकुदका साथ–साथै कम्पनीको उत्पादनहरूलाई प्रवर्द्धन गर्न र बजारीकरण बिस्तारका निमित्त थप टेवा पुग्ने अपेक्षा गरेको कम्पनीले जनाएको छ । यस सहकार्यले सम्पूर्ण ग्राहकहरू तथा खेल प्रेमी नेपालीहरूको चाहना र भावनाको कदर गरेको महसुस भएको कम्पनीले जनाएको छ ।

कम्पनीले यस सहकार्यले कम्पनीका उत्पादनहरू स्वदेशी रूपमा मात्र परिचित नभई अन्तर्राष्ट्रिय स्तरमा नै परिचित हुनेमा विश्वास लिएको छ । उनीसँगको यस सहकार्यले कम्पनीका उत्पादनहरू प्रति ग्राहक वर्गहरूको विश्वास बढ्नेमा आशावादी रहेको जनएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *