मेडिकल व्यवसायी प्रसाईं नेपाल क्यान्सर अस्पतालमा भर्ना
मकालु खबर
२०८१ मंसिर १३ गते
काठमाडौं । विद्युतीय कारोबार ऐन,२०६३ अन्तर्गतको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अस्पतालमा भर्ना गरिएको छ ।
प्रसाईंलाई ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा भर्ना गरिएको प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआइबी)का प्रवक्ता होविन्द्र बोगटीले मकालुखबरलाई बताए ।
सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपचारको व्यवस्था गर्न आदेश दिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।
सर्वोच्च अदलातका न्यायाधीश महेश शर्मा र नित्यानन्द पाण्डेयको इजलासले बुधवार उपचारको व्यवस्था मिलान भनेको थियो ।
मेडिकल व्यवसायी प्रसाईं दुई महिनाको अवधिमा दोस्रो पटक यही मंसिर ४ गते पक्राउ परेका हुन् । यसअघि उनी गत असोज ६ गते पक्राउ परेका थिए ।
मकालु खबर
२०८१ मंसिर १३ गते
प्रतिक्रिया
सम्बन्धित