को-को छन् प्रधानमन्त्रीको चीन भ्रमण टोलीमा ?

९ जना सांसद पनि चीन भ्रमणमा जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलको चीन भ्रमण भ्रमण टोलीमा सरकारीतर्फ ३९ जना र निजी ४८ गरी ८७ सदस्यीय सदस्य सहभागी छन् । प्रधानमन्त्री ओली मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन् ।

सरकारी टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल, आर्थिक सल्लाहकार युवराज खतिवडा, सांसद अर्जुन नरसिंह केसी, श्याम कुमार घिमिरे, लिलानाथ श्रेष्ठ, बिजुला रायमाझी, रेखा शर्मा, वीरेन्द्र प्रसाद महतो, दीपक कार्की, सर्वेन्द्र नाथ शुक्ला, रञ्जिता श्रेष्ठ, मुख्यसचिव एकनारायण अर्याल, सचिवहरू रामप्रसाद घिमिरे, अमृत बहादुर राई (परराष्ट्र कायममुकायम सचिव) छन् ।

यस्तै लगानी बोर्डका सीईओ सुशील ज्ञवाली, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका सहप्राध्यापक पद्मसुन्दर जोशी, प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंह शाह, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यसहित अन्य सरकारी अधिकारीहरू कृष्ण प्रसाद ढकाल, विष्णु प्रसाद गौतम, मणिरत्न शर्मा, उदय पोखरेल, कमल रावल, ऋचा भट्टराई, जानकी ओझा, सुजन लामिछाने, विनोद खनाल, जयश्री शाक्य र अनिता सिंह रहेका छन् ।

परराष्ट्र मन्त्रालय अन्तर्गतका ७ जना भने यसअघि नै चीन भ्रमणमा गइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *