रवि लामिछानेको रिहाइको माग गर्दै काठमाडौँमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रिहाइको माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ ।

शुक्रवार दिउँसो माइतीघरमा रास्वपा कार्यकर्ता तथा लामिछानेका समर्थकहरूले उनको रिहाइको माग गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘रवि दाइलाई रिहा गर’, ‘राजनीतिक प्रतिशोध बन्द गर’ भन्दै प्लेकार्ड सहित नारा लगाएका छन् ।

सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका लामिछानेलाई अनुसन्धानका लागि काठमाडौँ ल्याइएको छ । अहिले सरकारी वकिलको कार्यालय काठमाडौंमा उनको बयान चलिरहेको छ ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *