अछाममा असईले गरे आफैँलाई गोली प्रहार

काठमाडौँ । अछाममा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दले आफैँमाथि गोली प्रहार गरेका छन् ।

बिहीबार राति प्रहरी सहायक निरीक्षक (असई) चन्दले आफैँमाथि गोली प्रहार गरेका हुन् ।

उनी तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्ज समेत रहेका छन् ।

अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) ईश्वरीप्रसाद भण्डारीका अनुसार बिहीबार राति साढे ९ बजेतिर चन्दले प्रहरी चौकीमै आफैँले बोकेको पेस्तोलले बायाँ छातीको माथिल्लो भागमा गोली प्रहार गरेका हुन् ।

डिएसपी भण्डारीले बाँकेको कोहलपुर मेडिकल कलेजमा चन्दको उपचार भइरहेको जानकारी दिए ।

हाल उनी बोल्न सक्ने अवस्थामा रहेका छन् । यस घटनाबारे अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।

चन्दले गोली प्रहार गर्नुको कारण नखुलेको डिएसपी भण्डारीले बताए । उनले छानबिन समितिले अध्ययन गरेपछि कारण पत्ता लाग्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *