एसिया कप क्रिकेट : श्रीलंकाले नेपाललाई हरायो

काठमाडौं । एसीसी १९ वर्ष मुनिको एसिया कप क्रिकेटमा श्रीलंकाले नेपाललाई हराएको छ । युएईमा शुक्रवारदेखि सुरु भएको एसिया कपको पहिलो खेलमा नेपाल श्रीलंकासंग पराजित भएको हो ।

४६ दशमलब २ ओभरमा सबै विकेट गुमाउँदै नेपालले १७८ रन मात्रै बनाउन सक्यो । शारजहा क्रिकेट स्टेडियमा भएको खेलमा  श्रीलंकाले ५५ रनले जीत हाँसिल गरेको हो ।

नेपालका लागि मयन यादवले सर्वाधिक ६२ रन बनाए । उनले ९१ बलको सामना गर्दै अर्धसतक प्रहार गरेका हुन् । आकाश त्रिपाठीले ३३ बलमा १९ रन बनाउँदा उत्तम मगरले २९ बल खेल्दै १७ रन बनाए ।

टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ३३ रन बनाएको थियो । नेपालले अब दोस्रो खेल आइतबार बंगलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *