बिआरआईका विषयमा गहन छलफल गर्न आवश्यक : डा.कोइराला

सडकमा ल्याएर उराल्ने काम गर्न नहुनेमा जोड

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बिआरआईका विषयमा संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्ने बताएका छन् ।

कोइरालाले बिआरआईका विषयमा कांग्रेस-एमालेले तयार गरेको दस्तावेजलाई गहन छलफल गर्नुपर्ने बताउँदै उनले भने,यदी ठिक छ भने चिनियाँ पक्षलाई कन्भिन्स गर्नुपर्छ ।

बिराटनगर विमानस्थलमा संचारकर्मीहरुसँग कुराकानी गर्दै कोइरालाले बिआरआई जस्तो संवेदनशील विषयलाई सडकमा ल्याएर उराल्ने काम भएको समेत बताए ।

बिआरआईका विषयमा नेपाली जनताले राम्रोसंग बुझ्दै नबुझेको,उनिहरुले केवल ऋण वा अनुदान भन्ने मात्रै बुझेको कोइरालाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *