बालाचतुर्दशीको पूर्वसन्ध्यामा दीप प्रज्वलन गर्दै भक्तजन

काठमाडौं । हरेक वर्ष मंसिर (मार्गशीर्ष) महिनाको कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाइन्छ । यस वर्ष पनि मंसिर कृष्ण त्रयोदशीका दिन बेलुकाबाट देशभरका विभिन्न शिव मन्दिरहरुमा आज शुक्रवार दीप प्रज्वलन गरिएको छ ।

त्रयोदशीको दिन बेलुकादेखि दिवङ्गत पितृका नाममा अखण्ड दीप प्रज्वलन गरी भक्तजनहरु पशुपतिनाथको मन्दिर लगायत देशभरका विभिन्न शिवालयहरुमा बसेका छन् ।

भक्तजनले बालाचतुर्दशीका दिन पितृको सद्गतिको कामना गर्दै शतबीज छर्ने प्रचलन रहेको छ । यस अवसरमा काठमाडौं उपत्यकाको पशुपति, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, मृगस्थली, विश्वरूप, किराँतेश्वर, गोकर्णेश्वर र सन्तानेश्वर लगायत देशभरका शिव मन्दिरहरुमा भक्तजनहरुको भीड लाग्ने गर्दछ । यसरी बत्ती बाल्दा पितृलोक झलमल्ल हुने विश्वास रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *