सुतेकै ठाउँमा जलकुमारीले लिइन् श्रीमानको ज्यान

कञ्चनपुर । कञ्चनपुरकी एक महिलाले सुतेकै ठाउँमा श्रीमानको हत्या गरेकी छन् । कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटकी जनककुमारी रानाले श्रीमानको हत्या गरेकी हुन् । ४९ वर्षीय श्रीमान सियाराम रानाको जनककुमारीले ईंट्टाले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बिहीबार आफ्नै घरमा हत्या गरेको अवस्थामा भेटिएका रानाको हत्या उनकै श्रीमतीले गरेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीषक (डीएसपी) उमेशराज जोशीले जानकारी दिए । शौचालयमा चिप्लिएर रानाको मृत्यु भएको भन्दै प्रहरीलाई स्थानीयले खबर गरेका थिए । तर शवको अवस्था चिप्लिएर लडेको र सोही कारण मृत्यु भएको भन्दा पनि हत्या भएको जस्तो देखिपछि प्रहरीले अनुसन्धनको सुरु गरेको थियो ।

त्यसैमाथि मृतकको शव शौचालयमा नभएर घरको ग्यालरीको कुनामा सिरकले छोपिएको अवस्थामा भेटेपछि घटना थप शंकास्पद बनेको थियो । मृतकको टाउको र तालुमा रहेको चोटका आधारमा प्रहरीले घटना शंकास्पद भएको भन्दै अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा रानाको घर कोठा खानतलासी गर्दा कोठा, कुर्सी, ढोका लगायतका ठाउँमा रगत लागेको भेटियो ।

खाटमुनी रगत लागेको ईटा भेटिएको थियो भने दराजमा महिला र पुरुषले लगाउने कपडा रगतले भिजेको अवस्थामा फेला परेको थियो । त्यसपछि उनको हत्या भएको टुङ्गो लागेको थियो । केहीबेरको केरकार पछि श्रीमती जनककुमारीले दुवै जनाबीच झगडा भएको र दिउँसो सुतेका बेला ईटा प्रहार गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

बिहानै देखि झगडा भएको रहेछ छोरी स्कूल गएको बेला र श्रीमान सुतेको मौका छोपेर उनले इट्टाले हानेर हत्या गरिन् अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने छोरी आउँदा रुवाबासी सुरु भयो त्यही थाहा पाएर स्थानीयले प्रहरीलाई खबर गरे । रानाविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *