देउवाको धनगढी निवासअगाडि बम राख्ने युवक पक्राउ
मकालु खबर
२०८१ मंसिर १५ गते
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि बम राखेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ । धनगढी उपमहानगरपालिका-४ बसपार्क नजिकैको घरअगाडि बम राखेको आरोपमा गौरीगंगा नगरपालिकाका दानबहादुर धामीलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका नेकपा (बहुमत)का एक नेताले देउवाको निवास अगाडि धामीलाई बम राख्न लगाएको बयान दिएपछि शुक्रबार पक्राउ गरिएको हो । उनी नेकपा (बहुमत) निकट भएको प्रहरीको भनाई छ तर अहिले उनी आफूलाई विप्लव निकट भएको दाबी गरिरहेको प्रहरीले बताएको छ ।
गत भदौमा देउवाको निवासअगाडि अज्ञात समूहले विस्फोटक वस्तु राखेको थियो । विस्फोटक वस्तु बम भएको पाइएपछि नेपाली सेनाको टोलीले डिस्पोज गरेको थियो ।
मकालु खबर
२०८१ मंसिर १५ गते
प्रतिक्रिया
सम्बन्धित